ad ad

अपराध


मोटरसाइकल दुर्घटनाका घाइतेको साथमा जब लागुऔषध भेटियो...

मोटरसाइकल दुर्घटनाका घाइतेको साथमा जब लागुऔषध भेटियो...

नेपालखबर
असार ४, २०८० सोमबार १०:३४, कञ्चनपुर

कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–१८ का २७ वर्षीय शंकरदत्त भट्ट र बेलौरी नगरपालिका–६ हात्तीबोझाका २६ वर्षीय वीरेन्द्र बडायक पक्राउ परेका हुन्। 

भट्ट भीमदत्त नगरपालिका–१२ ओदालीबाट समातिएका हुन्। उनले चलाइरहेको बा ७१ प ३१६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। 

उनको दाहिने खुट्टा र हातमा चोट लागेको छ। उपचारपछि जाँच गर्ने क्रममा उनको साथमा रेजोजेसिक ८ सिसी, जेनारगन २ सिसी र चरेस फेला परेको प्रहरीले जनाएको छ। 

यस्तै आइतबार बेलुका नै बेलौरी नगरपालिका– ६ हात्तीबोझामा भारतबाट नेपालतर्फ आइरहेका सोही ठाउँका वीरेन्द्र बडायकलाई जाँच गर्दा उनको साथामा पनि लागुऔषध खैरो हेरोइन बरामद भएको छ। 

प्रहरीका अनुसार साइकलमा भारतबाट नेपालतर्फ आइरहेका उनको साथबाट ०.३७ मिलिग्राम लागुऔषध बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय (बेलौरी) बाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .