ad ad

अपराध


काठमाडौंमा सईको पेस्तोल चोरी, २ जना पक्राउ

घरको झ्यालमा रहेको झोला चोर्दा पेस्तोल फेला पर्‍यो
काठमाडौंमा सईको पेस्तोल चोरी, २ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०८० आइतबार १२:२५, काठमाडौँ

काठमाडौंमा पटके चोरहरूले प्रहरीको पेस्तोल नै चोरी गरेका छन्। सर्वोच्च अदालतका न्यायाधीशको सुरक्षामा खटिएका निजी सुरक्षा अधिकारी (पीएसओ) को पेस्तोल चोरी भएको हो। 

प्रहरी नायब निरीक्षक (सई) प्रभाकर खड्काको पेस्तोल चोरी भएको हो।

उनी सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको पीएसओ हुन्। असार ३१ गते राति उनको घरबाट चोरी भएको पेस्तोलसहित दुई जनालाई शुक्रबार राति काठमाडौं परिसरको टोलीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका वासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङ छन्। 

बाैद्धस्थित घरमा राति सुतिरहेका खड्काको झोला असार ३१ गते राति चोरी भएको थियो। सई खड्काले भोलिपल्ट बौद्ध प्रहरी वृत्तमा खबर गरे। त्यसपछि अनुसन्धान सुरु गरेको प्रहरीले १८ दिनपछि पेस्तोल बरामदका साथै चोरीमा संलग्नलाई पक्राउ गरेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए। 

प्रहरीले सुरुमा उनीहरूले चोरेको मोबाइल पसलमा फेला पारेको थियो। मोबाइल पसलेले उक्त मोबाइलको लक खोल्न ल्याएको बताएपछि प्रहरी उनीमार्फत नै चोरसम्म पुगेको हो। 

चोरले बौद्धको शिव मन्दिरनजिकै लुकाएको अवस्थामा ७ राउन्ड गोलिसहित पेस्तोल पनि बरामद गरेको छ। पक्राउ परेका व्यक्तिले आफूहरू राति चोर्न हिँडेको र खड्काको घरको झ्यालमा रहेको झोला तान्दा त्यसभित्र पेस्तोल फेला परेको बताएका छन्। 

घटनाबारे परिसरले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .