रौतहटमा एकजना पुजारी (साधु) माथि सांघातिक आक्रमण गरिएको छ।
जिल्लाको दुर्गा भगवती गाउँपालिका-३ देवीपर्सा टोलस्थित रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो।
रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुलाई आक्रमणबारे जानकारी पाउनेबित्तिकै प्रहरीको टोली पठाइएको बताए।
पुजारीमाथि आक्रमण कसले र किन गर्यो भन्ने खुलिनसकेको उनले बताएका छन्।
स्थानीयबासी उमेश साहले बिहीबार राति अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियारले हानेको बताए। त्यसपछि गाउँलेले प्रहरीको सहयोग मागेका थिए।
भदौ २२, २०८०, शुक्रबार
387
Shares
प्रतिक्रिया