अपराध


दुई वटा पेस्तोलसहित एक युवक पक्राउ

दुई वटा पेस्तोलसहित एक युवक पक्राउ

नेपालखबर
मंसिर ६, २०८२ शनिबार २०:३७, काठमाडौँ

रौतहटको चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट दुई पेस्तोल तथा गोलीसहित एक युवक पक्राउ परेका छन्। 

सशस्त्र प्रहरीको टोलीले शनिबार मकवानपुरको हेटौडा उमहानगरपालिका–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्यलाई पेस्तोलसहित पक्राउ गरेको हो। 

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सन्तपुरको टोलीले हातहतियारसहित उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad