अपराध


लमहीमा गोली चल्यो, एक युवक घाइते

लमहीमा गोली चल्यो, एक युवक घाइते

सांकेतिक तस्बिर


नेपालखबर
मंसिर २०, २०८२ शनिबार १५:४३, काठमाडौँ

दाङको लमही बजारमा शनिबार अपराह्न गोली चलेको छ। 

मोटरसाइकलमा आएका युवकले लमही नगरपालिका-५ स्थित लमही गल्लीमा हरेको जुनतारा सुनचाँदी पसलमा गोली चलाएका हुन्। गोली लागेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, दाङमा प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए। 

उनका अनुसार, गाेली लागेर दिपक सुनार घाइने भएका छन्। सुमन सुनारले सञ्चालन गरेकाे सुनचाँदी पसलमा दिपक काम गर्दै आएका थिए। 

प्रहरीका अनुसार, शनिबार अपराह्नतिर रा १ प २६३९ नम्बरको मोटरसाइकलमा सुन किन्न भनेर दुई जना युवक आएका थिए। उनीहरूमध्ये एक जनाले १८ वर्षीय दिपकमाथि पेस्तालले गोली प्रहार गरेका हुन्। 

दिपकको छातीको दाहिने साइडमा गोली लागेको छ। सामान्य छाला छेडेर गोली गएको प्रहरी निरीक्षक बस्नेतले बताए। प्युठानका दिपक सोही सुनचाँदी पसलमा काम गर्दै आएका थिए। 

घाइते दिपकको लमही अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामै रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। 

आक्रमण गर्ने दुवै जना भागेका छन्। उनीहरू मोटरसाइकल छाडेर भागेको प्रहरीले जनाएको छ। दुवै जनाको परिचय खुलेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad