सहकर्मीको हत्या गरेको आरोपमा धनकुटाको साँगुरीगढी गाउँपालिका-३ का २७ वर्षीय याखा राई भन्ने सञ्जिव राई पक्राउ परेका छन्।
उदयपुरका ३५ वर्षीय पूर्ण ठकरीको हत्या गरेको आरोपमा सञ्जिवलाई सोमबार भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ। दुवै जना भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोमनास्थित निर्माणाधीन घरमा ज्यामी काम गर्दै आएका थिए।
सञ्जिवले कुटपिट गर्दा पूर्णको ज्यान गएको खबर पाए लगत्तै प्रहरी टोली घटनास्थितल पुगेको थियो। खोजबिन गर्दै जाँदा भक्तपुर नगरपालिका-१, सल्लाघारीबाट सञ्जिवलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।
168
Shares

प्रतिक्रिया