समाज


अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने युवक काठमाडौँबाट पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने युवक काठमाडौँबाट पक्राउ

नेपालखबर
पुस ७, २०८२ सोमबार १३:३१, काठमाडौँ

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका-१३ घर भइ हाल ललितपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय सुजन आले मगर रहेका प्रहरीले जनाएको छ। 

उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। 

उनले आकर्षक तलब हुनेगरि अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ५५ हजार रूपैयाँ लिएको आरोप छ। 

रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-११ बाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad