अपराध


जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका दुई कैदी वीरगन्जबाट पक्राउ

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका दुई कैदी वीरगन्जबाट पक्राउ

नेपालखबर
पुस ९, २०८२ बुधबार १३:१५, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका दुई कैदीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले लुकिपिछी बसिरहेको अवस्थामा २५ वर्षीय सुदामा पासवान र ३२ वर्षीय विवेकलाल साह कानूलाई पक्राउ गरेको हो। 

कर्तव्य ज्यान मुद्दामा कैद सजाय पाएका बाराको विश्रामपुर गाउँपालिका-४ का सुदामा गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थिए। कर्तव्य ज्यान मुद्दामा क्रद सजाय पाएका सुदामा काठमाडौँबाट भागेर वीरगन्ज पुगेका थिए। उनलाई वीरगन्ज-१५, भिष्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता राजु कार्कीले बताए। 

त्यस्तै, बैंकिङ कसूरमा धरौटी तिर्न नसकेर जेल परेका बाराको परवानीपुर गाउँपालिका-२ का विवेकलाल गत भदौ २४ गते काठमाडौँबाट भागेका थिए। उनलाई वीरगन्ज-४ विर्ताटोलबा पक्राउ गरिएको छ। दुवै जनालाई वीरगन्ज कारागार पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad