अपराध


कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार, निर्माण कम्पनी र पाँच जनाविरुद्ध मुद्दा दायर

कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार, निर्माण कम्पनी र पाँच जनाविरुद्ध मुद्दा दायर

नेपालखबर
पुस १७, २०८२ बिहिबार १७:५०, काठमाडौँ

पर्वतको कुस्मा नगरपालिका-७, खरेहामा ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी र पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ। 

भवन निर्माणका नाममा एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ ८६ पैसा हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए। अख्यितारले बिहीबार कुस्मा नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, निर्माण कम्पनी मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्स र कम्पनीका सञ्चालक लालबहादुर मल्लविरुद्ध मुद्दा दायर गरिएको छ। 

विशेष अदालत, काठमाडौँमा दायर गरिएको आरोपत्रमा उनीहरूबाट एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ ८६ पैसा असुल उपर गर्न माग दाबी गरिएको छ। काम पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राख्न पत्राचार गर्नुपर्नेमा नगरेको, एकआपसको बदनियतपूर्ण मिलेमतोमा गैरकानूनी लाभ र स्वार्थका लागि खरीद सम्झौता अन्त्य गरी सम्पन्न हुन बाँकी कार्य बराबरको रकम असुलउपर नगरी दोहोरो दायित्व सिर्जना गरेको अख्तियारले जनाएको छ। 

त्यस्तै, निर्माण व्यवसायीलाई उलब्ध गराएको पेश्की फर्छ्यौट नगरी सोको बैंक जमानतको म्याद नवीकरण गर्ने वा रकम दाबी गर्ने कार्य नगरी हानी नोक्सानी पु¥याएको अख्तियारको आरोप छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad