अपराध


काठमाडौँ आउँदै गरेको कारमा भेटियो चार राउन्ड गोलीसहित पेस्तोल

काठमाडौँ आउँदै गरेको कारमा भेटियो चार राउन्ड गोलीसहित पेस्तोल

नेपालखबर
फागुन ४, २०८२ सोमबार १७:४३, काठमाडौँ

चितवनबाट काठमाडौँ आउँदै गरेको कारमा चार राउन्ड गोलीसहित पेस्तोल भेटिएको छ। 

चन्द्रागिरी नगरपालिका-२, नागढुंगाको चेक प्वाइन्टमा जाँच गर्ने क्रममा बा १९ च ६९० नम्बरको कारमा पेस्तोल भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार, कारमा झोलाभित्र लुकाई राखेको अवस्थामा पेस्ताल र चार राउन्ड गोली भेटिएको हो। 

कारमा सवार काठमाडौँको कीर्तिपुर नगरपालिका-२ का ३० वर्षीय केयुर पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad