अपराध


जेनजी आन्दोलनमा फरार कैदी खैरो हेरोइनसहित पक्राउ

जेनजी आन्दोलनमा फरार कैदी खैरो हेरोइनसहित पक्राउ

नेपालखबर
फागुन २८, २०८२ बिहिबार १२:३३, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा फरार कैदीलाई बिहीबार बिहान नागढुंगाबाट खैरो हेरोइनसहित पक्राउ गरिएको छ। 

राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र. ००१-००६ ख ७४२० नम्बरको यात्रुबाहक बसमा सवार धनकुटाको महालक्ष्मी नगरपालिका-७ की ३० वर्षीया सविना अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। नागढुंगा चेक प्वाइन्टामा जाँचका क्रममा उनको साथबाट ८८ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। 

उनलाई थप अनुसन्धानका लागि थानकोट वृतमा राखिएको छ। उनी जेनजी आन्दोलनका क्रममा भागेको पाइएको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad