अपराध


लागूऔषध बोकेको आशंकामा काठमाडौबाट दुई जना पक्राउ

लागूऔषध बोकेको आशंकामा काठमाडौबाट दुई जना पक्राउ

नेपालखबर
चैत ५, २०८२ बिहिबार १७:२३, काठमाडौँ

राजधानीको नागार्जुन नगरपालिका– ६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा होटलबाट अवैध लागूऔषध बोकेको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
प्रहरीले जनाए अनुसार पोलेन जस्तो देखिने वस्तु ७३ किलोग्राम र गाँजा जस्तो देखिने वस्तु २ किलो ५ सय ग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा होटलका संचालक काठमाडौं महानगरपालिका–१५ बस्ने मकवानपुर घर भएका २७ वर्षीय देवराज घिसिङ र मकवानपुर कैलाश गाउँपालिका–२ घर भएका ४३ वर्षीय अष्तमराज घिसिङ रहेका छन्। 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 
यसैगरी बाँके कोहलपुर नगरपालिका–१४ ढोरपुर बस्ने ४२ वर्षीय हरिराम चमारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

 
अस्थायी प्रहरी चौकी हवल्दारपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले चमारलाई उनकै घर नजिकैबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad