अपराध


मोबाइल लुटेर खाताबाट सवा दुई लाख निकालेको आरोपमा तीन युवक पक्राउ

मोबाइल लुटेर खाताबाट सवा दुई लाख निकालेको आरोपमा तीन युवक पक्राउ

नेपालखबर
चैत ३०, २०८२ सोमबार १७:४८, काठमाडौँ

मोबाइल लुटेर बैंक खाताबाट सवा दुई लाख रुपैयाँ निकालेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत २७ गते मोबाइल चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ-११ घर भई हाल बुढानिलकण्ठ-११ जगडोलमा बस्ने १९ वर्षीय समिर तामाङ, दोलखाको मेलुङ-५ डाँडाखर्च घर भई बुढानिलकण्ठ-६ का १८ वर्षीय जनम तामाङ र खोटाङको कोपिलासगढी-७ सुडदेल घर भई हाल बुढानिलकण्ठ-१३ कपनमा बस्ने १८ वर्षी प्रज्वल राईलाई रहेका छन्। 

उनीहरूले मोबाइल चोरेर त्यस मोबाइलमा रहेको बैंक खातामा अनाधिकृत पमा पहुँच पु¥याएको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए। त्यसपछि उनीहरूले मोबाइलमा रहेका बैंक खाता र वालेटमा भएको दुई लाख २७ हजार ६ सय रुपैयाँ अन्य बैंक तथा वालेटमा ट्रान्सफर गरेको उनले बताए। 

उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूबाट चोरिएको मोबाइल पनि बरामद गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad