अपराध


५९ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

५९ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

नेपालखबर
बैशाख ५, २०८३ शनिबार १५:२६, काठमाडौँ

सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कोशी राजमार्गबाट प्रहरीले ५९ किलोग्राम गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय, धरान र अस्थायी प्रहरी चौकी, अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। भेँडेटारबाट धरानतर्फ आउँदै गरेको बीआर १० पीबी २२४१ नम्बरको भारतीय स्कार्पियो जाँच गर्ने क्रममा गाँजा भेटिएको प्रहरीले जनाएको छ। 

गाडीको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) भिषणबाबु राईले जानकारी दिए। गाडीसहित भारतको बिहार राज्यसुपौल जिल्ला बलुवा बजार–६ का २२ वर्षीय सुबिध कुमार, २२ वर्षीय रोहित कुमार र सुपौल बजार–१ का ४० वर्षीय मोहम्मद जमशेरलाई नियन्त्रणमा लिइएको डीएसपी राईले बताए। 

नियन्त्रणमा लिएको तीनै जनालाई इलाका प्रहरी कार्यालय, धरानमाको हिरासतमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad