अपराध


जेनजी आन्दोलनमा भागेका कैदी बलात्कार आरोपमा फेरि पक्राउ

जेनजी आन्दोलनमा भागेका कैदी बलात्कार आरोपमा फेरि पक्राउ

नेपालखबर
जेठ ४, २०८३ सोमबार १९:५१, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भागेका कैदी फेरि पक्राउ परेका छन्। 

जेनजी आन्दोलनमा भागेका रामेछापको रामेछाप नगरपालिका-१ का विक्रम भुजेललाई फेरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले बताए। उनी रामेछाप-१ मै लुकिछिपी बसिरहेको अवस्था फेला तिम्सिनाले जानकारी दिए। 

प्रहरी निरीक्षक तिम्सिनाका अनुसार, विक्रमलाई फरक क्षमता भएकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो। गत वैशाख ३१ गते फरक क्षमताकी महिलालाई जबरजस्ती करणी गरेको आरोप छ। 

त्यसबारे स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी गराएका थिए। उनी भने त्यही दिनदेखि भागेका थिए। 

अहिले उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनलाई सात दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरी निरीक्षक तिम्सिनाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad