ad ad

अपराध


भारतमा अपहरित जनकपुरधामका दुई युवकको शव भेटियो

भारतमा अपहरित जनकपुरधामका दुई युवकको शव भेटियो

बरामद २ शव


जयन्त ठाकुर
माघ ८, २०७९ आइतबार १२:४४, जनकपुरधाम

दुई साताअगाडि भारतमा अपहरणमा परेका जनकपुरधामका दुई युवकको शव फेला परेको छ। १३ दिनदेखि सम्पर्कविहीन जनकपुरधाम उपमहानगरपालिका- ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव भेटिएको हो। 

मृतक दुवैजना एकै परिवारका हुन्। रोहित विष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहारमा आफ्नो नातेदारको घर गएका थिए। तर त्यहीँ दुवै जना अपहरणमा परेपछि सम्पर्कविहीन भएका थिए। भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुईवटा शव फेला परेपछि आइतबार बिहान मृतक युवकका आफन्तलाई सनाखतका लागि खबर गरेको थियो । 

दुवै शव अहिले भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ। शव नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ। 

आफन्तको घर भारत पुगेका दुवै जना सम्पर्कविहीन भएको केही दिनपछि उनीहरुको परिवारलाई फिरौतीका लागि भारतीय नम्बरबाट फोन आइरहेको थियो। सुरुमा ५० लाख मागेका अपहरणकारीहरुले पछि २० लाख मागेका थिए। 

अपहरणकारीहरुले विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो। 

विष्णुको पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा आउन भनेका थिए।  तर एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छाडेपछि विष्णुको परिवार तनावमा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .