ad ad

अपराध


सिरहामा कुटपिटबाट वृद्धको हत्या, एकजना पक्राउ

सिरहामा कुटपिटबाट वृद्धको हत्या, एकजना पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
माघ २४, २०७९ मंगलबार ११:५३, काठमाडौँ

सिरहाको नवराजपुर गाउँपालिका ४ नयाँ नहरनिया टोल बस्ने ७० वर्षीय सुभकलाल यादवको कुटपिट गरी हत्या भएको छ। सिरहा प्रहरीले हत्या अभियोगमा सोही ठाउँका १९ वर्षीय राधेश्याम यादवलाई सोमबार राति पक्राउ गरेको छ। 

सुभकलालको नाति र राधेश्याम यादवबीच भएको झैझगडा छुट्याउने क्रममा सुभकलाल यादवलाई कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते उनको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यसलगत्तै इलाका प्रहरी कार्यालय झाझपट्टी र इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न राधेश्यामलाई पक्राउ गरेको हो। 

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .