ad ad

अपराध


१६ वर्षीया किशोरीलाई ललाइफकाइ यौन सम्पर्क गरेको आरोपमा युवकविरुद्ध बलात्कारको उजुरी

१६ वर्षीया किशोरीलाई ललाइफकाइ यौन सम्पर्क गरेको आरोपमा युवकविरुद्ध बलात्कारको उजुरी

नेपालखबर
असार १८, २०८० सोमबार ७:२, सर्लाही

सिरहामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २० वर्षीय युवकविरुद्ध प्रहरीमा उजुरी परेको छ। 

कल्याणपुर नगरपालिका-४ की किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका विश्वबन्धु यादवविरुद्ध पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय (मिर्चैया) मा आइतबार उजुरी दिएका हुन्। 

यही असार ६ गते यादवले किशोरीलाई ललाइफकाइ यौन सम्पर्क गरेको आरोप किशोरीका अभिभावकले लगाएका छन्।

१८ वर्षमुनिका किशोरीसँग सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार मानिने कानुनी व्यवस्था छ। 

प्रादेशिक अस्पताल सिरहामा किशोरीको स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालयका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। 

आफूविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेपछि आरोपित युवक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .