ad ad

अपराध


एक युवाको अपराध: दश वर्ष जेल बसे, छुटेपछि काठमाडौं र काभ्रेमा ८० लाख बढी डकैती गरे

एक युवाको अपराध: दश वर्ष जेल बसे, छुटेपछि काठमाडौं र काभ्रेमा ८० लाख बढी डकैती गरे

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०७९ बुधबार १७:३४, काठमाडौँ

डाँका तथा संगठित अपराध मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ६० लाख रुपैयाँभन्दा बढी डकैती आरोप लागेका काभ्रे तिमाल गाउँपालिका-५
निवासी ३२ वर्षीय रोमन भन्ने मनराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो। 

काठमाडौं उपत्यका तथा बाहिरसमेत श्रृङ्खलाबद्ध डकैती घटनाको अनुसन्धानको क्रममा फरार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घरनजिकैबाट पक्राउ गरेको हो।

उनले गत असार ६ गते राति काठमाडौंको शंखरापुर नगरपालिका-९ खुलालटारस्थित घरबाट करिब २ लाख ४१ हजार रुपैयाँ बराबरको धनमाल डकैती गरेको खुलेको छ।

त्यसैगरी गत असार १२ गते त्यही ठाउँस्थित घरबाट करिब ६ लाख ५ हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल डकैती गरेको पनि प्रहरीले पत्ता लगाएको छ।

यस्तै उनकै संलग्नतामा असार २० गते राति काभ्रेको बनेपा नगरपालिका-११ स्थित घरबाट करिब १२ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल डकैती गरेको भेटिएको छ।

उनैले गत साउन २४ गते राति कीर्तिपुर नगरपालिका-६ स्थित घरबाट करिब ५६ लाख ६५ हजार १ सय २४ रुपैयाँ बराबरको धनमाल डकैती गरेको अनुसन्धानबाट खुलेको छ।

उनकै संलग्नतामा २०६८ कात्तिक २२ गते ललितपुरको झरुवारासी एरियामा डाँका गर्न जाने क्रममा साविक झरुवारासी गाविस-३ त्रिवेणीघाटमा मोटरसाइकल रोकी बसिरहेका ४२ वर्षीय श्रवण खड्कालाई गोली प्रहार गरी ज्यान लिएको पनि खुलेको छ।

उनले त्यसबेला खुन डाँका मुद्दामा १० वर्ष कैद भुक्तान गरी छुटेको अनुसन्धानबाट खुल्न आएको छ। उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .