ad ad

प्रवास


भारतीय अदालतले नेपाली भाषीलाई ‘विदेशी’ भनेपछि सिक्किममा आन्दोलन, आज बन्द

भारतीय अदालतले नेपाली भाषीलाई ‘विदेशी’ भनेपछि सिक्किममा आन्दोलन, आज बन्द

नेपालखबर
माघ २५, २०७९ बुधबार ११:५३, काठमाडौँ

भारतीय सर्वोच्च अदालतले नेपाली भाषी गोर्खाहरुलाई आप्रवासीको परिभाषाभित्र राखिदिएपछि बुधबार सिक्किम बन्द गरिएको छ। 

सिक्किमे नेपालीलाई आप्रवासी हो भन्ने भारतीय सर्वोच्च अदालतको फैसलाविरूद्धमा बुधबार सिक्किम बन्द आह्वा गरिएको हो।

बन्दका क्रममा बैंहरुसमेत खोल्न निषेध गरिएको छ। सर्वोच्चको फैसलाविरुद्ध जोइन्ट एक्सन कमिटी (ज्याक) को आह्वानमा सिक्किम बन्द गरिएको हो। 

सिक्किम बन्दका क्रममा विभिन्न दलका नेता कार्यकर्ता र नेपाली भाषी गोर्खाहरु सडकमा उत्रिएका छन्। बन्दका कारण सिक्किमका अन्तिम बजार देन्ताम, पहिलो राजधानी यासोम र गेजिङ्का पनि ठप्प छ।

आजका लागि बन्द कार्यक्रम बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म राखिएको आयोजकहरुले बताएका छन्। 

सिक्किम बन्दका क्रममा आपातकालीन सेवाबाहेक अन्य सबै पसल र व्यापारिक प्रतिष्ठानहरु ठप्प गरिएको । 

बन्दका क्रममा ज्याकका अग्रज समिति, अवकाश प्राप्त कर्मचारी, नागरिक समाज र विद्यार्थीहरुको समूह सडकमा निस्किएको छ। 

भारतीय सर्वोच्च अदालतले एक फैसलामा सिक्किमेली नेपाली समुदायलाई विदेशी मूलका भनेपछि तनाव बढेको छ।

यसअघि दिल्ली पुगेका सिक्किममा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको लाञ्छनालाई सधैँका लागि मेटाउने बताएका थिए। 

उनले यसअघि नै भारतका केन्द्रीय मन्त्री एवं नेताहरूसँग भेट गरिसकेका छन्। उनले यसमा केन्द्र सरकार र नेताहरूबाट सकारात्मक आश्वासन प्राप्त भएको बताएका छन्। 

सिक्किमका नेपाली भाषी गोर्खाहरूसँग भारतीय भोटर कार्ड पनि छ। तर सिक्किमका नेपालीभाषीहरूलाई विदेशीको लाञ्छना लगाइएको भन्दै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले पनि आपत्ति जनाइसकेका छन्। 

सिक्किमका 'पुराना बासिन्दा'हरूको आयकर छुटसम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतले त्यहाँका नेपाली भाषीलाई 'विदेशी मूलका' भनेर परिभाषित गरेको थियो।

सन् १९७५ अघिदेखि सिक्किममा बसोबास गर्नेहरूको संस्था 'एसोसिएसन अफ ओल्ड सेट्लर्स अफ सिक्किम'ले अन्य समुदायलाई जस्तै आफूहरूलाई पनि आयकर छुटको व्यवस्था गर्न भारतको सर्वोच्च अदालतमा सन् २०१३ मा मुद्दा हालेका थिए। 

त्यही मुद्दाको गत जनवरी १३ मा फैसला आएको छ। जसमा सिक्किमका नेपाली भाषीलाई 'विदेशी मूलका' भनिएपछि आन्दोल चर्किएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .