ad ad

प्रवास


एनआरएनए यूरोपेली सम्मेलन सुरु, ३५ देशका तीन सय प्रतिनिधि सहभागी

परराष्ट्रमन्त्री साउद समापनमा पुग्ने
एनआरएनए यूरोपेली सम्मेलन सुरु, ३५ देशका तीन सय प्रतिनिधि सहभागी

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १२:२९, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं युरोपेली सम्मेलन शुक्रवारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा हुँदैछ।

मे ५, ६ र ७ तारिख तीन दिनमा जारी रहने सो सम्मेलनको उद्घाटन संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले गर्दैछन्।

अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका ३ सय बढी प्रतिनिधिको सहभागीता रहने सम्मेलनको समापन समारोहमा नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ।

सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकले लिएको छ। सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नको लागि क्षेत्रीय संयोजकद्वय सन्तोष भट्टराई र चिन्तामणि सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ। सम्मेलनको सञ्चार संयोजन संघका सञ्चार संयोजक चिरन शर्माले गर्नेछन्।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार सम्मेलनमा संघका नियमित एजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा घनिभूत छलफल हुनेछ।

यस्तै सम्मेलनमा संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुनेछ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले नेपालमा जति पुँजीको लगानी छ त्यति नै सिप, ज्ञान र प्रविधिको लगानीको महत्व भएको भन्दै क्षेत्रीय सम्मेलनमा नेपालीमा बौद्धिक लगानीको सम्भावना र चुनौतीका बारेमा समेत छलफल गरिने बताए।

सम्मेलनमा नेपाली कांग्रेसका सचेतक रमेश लेखक, नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सहभागी हुनेछन्।

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिम्खडाका अनुसार शुक्रवार दिउँसोदेखि संघको औपचारिक कार्यक्रम सुरु हुनेछ। साँझ ५ बजेदेखि उद्घाटन शत्र शुरु हुनेछ।

सम्मेलनको दोस्रो दिन शनिवार राष्ट्रिय समितिको प्रतिवेदन, युवा र महिला सम्मेलन, मिलाप (एकता) एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रमोशन लगायतका कार्यक्रम तय गरिएको छ।

यस्तै सम्मेलनको तेस्रो दिन, आइतवार नेपालमा १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, भोटिङ राइट, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि ट्रान्फर लगायतका विषयमा छलफल हुनेछ। सम्मेलनको अन्त्यमा पराग घोषणपत्र जारी गरिनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .