अस्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले विदेशमा नेपाली मिडियाले अग्रणी भूमिका निभाएको बताएकी छन्। मिडियाले नेपाली समुदायलाई जोड्न महत्त्वपूर्ण भूमिका निभाएको उनले बताएकी हुन्।
सिड्नीमा वचन न्युजको वार्षिकोत्सव तथा कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत यादवले उक्त कुरा बताएकी हुन्।
यादवले कार्यक्रममा सम्मान गरिएका विभिन्न व्यक्तित्वलाई सम्मान पत्र प्रदान गरेकी थिइन्। कार्यक्रममा नेपाल अस्ट्रेलियन डेमोक्र्याटिक फोरमका पूर्वअध्यक्ष अजय शिवाकोटी, एन्टाका पूर्वअध्यक्ष सुवांश साह, बहुसांस्कृतीक समाज समन्वय अधिकृत मुन लुओ, नेपाली क्रिकेट प्रशिक्षक जगत टमाटा, नारायण प्रधान, सुरक्षा थापा रायमाझीलाई सम्मानित भएका थिए।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पत्रकारिता समाजको महत्त्वपूर्ण अंग भएको र यसले समाजलाई सचेत गराउनुपर्ने बताएका थिए।
त्यस्तै, नेपाल अस्ट्रेलिया पत्रकार संघका अध्यक्ष कृष्ण तिवारीले अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै गर्दा सञ्चार माध्यमको महत्त्व पनि बढेको बताए।
कार्यक्रममा एनआरएनए ओसेनिया संयोजक दिनेश पोखरेल, सहसंयोजक अरुण ठाकुर, तमु समाजका अध्यक्ष हेउपति गुरुङ, नारी निकुन्जकी संयोजक संगीता चापागाईं, नारी निकुन्जकी पूर्वसंयोजक सन्ध्या शाह, एन्जाका महासचिव गणेश भट्ट, सल्लाहकार डा राजु मानन्धर, वचन न्युजका प्रधानसम्पादक जीवन रायमाझीलगायतले आ-आफ्नो धारणा राखेका थिए।
Shares

प्रतिक्रिया