प्रवास


कम्बोडिया सरकारले गर्‍यो भिसा अवधि नाघेका ६०२ नेपाली नागरिकहरूको जरिबाना मिनाहा

कम्बोडिया सरकारले गर्‍यो भिसा अवधि नाघेका ६०२ नेपाली नागरिकहरूको जरिबाना मिनाहा

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १४:४०, काठमाडौँ

कम्बोडिया सरकारले नेपाली नागरिकहरूको भिसा अवधि नाघेपछि लाग्ने जरिबाना मिनाहा गरेको छ। थाइल्यान्डस्थित नेपाली राजदूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म आठौँपटक गरी ६०२ जनाको जरिबाना शुल्क मिनाहा गरेको हो।

भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका नेपालीहरूलाई एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन दूतावासले अनुरोध गरेको छ।

विभिन्न माध्यमबाट कम्बोडिया पुगेर भिसाको समयावधि सकिए पनि त्यहाँ बसिरहेका नेपाालीहरू नेपाल फर्कँदा कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिबाना शुल्क मिनाहाका लागि दूतावासले यही मे १ देखि विवरण संकलन गरेको थियो। दूतावासका अनुसार राहदानी हराएका नेपाली नागरिकहरुका लागि पनि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाइसकिएको छ।

कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानुनी व्यवस्थाअनुसार तोकिएको अवधिभित्र आफ्नो मुलुक नफर्किने विदेशी नागरिकहरूलाई पक्राउ गरी कडा कारबाही गर्ने र जरिबाना तथा कैद सजायसमेत हुने व्यवस्था गरेको छ।

त्यसैले सम्बन्धित सबै नेपाली नागरिकहरूलाई यथाशीघ्र नेपाल फर्किन दूतावासले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad