सोमबार नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सँगै नेपालमा संक्रमितको संख्या तीन सय चार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नयाँ थपिएका संक्रमित रौतहट र बाराका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए।
प्रतिक्रिया