Draft


नेकपाको दस्तावेज भन्छ : कांग्रेस दलाल पुँजीपतिको प्रतिनिधि

नेकपाको दस्तावेज भन्छ : कांग्रेस दलाल पुँजीपतिको प्रतिनिधि

नेपालखबर
साउन २१, २०७६ मंगलबार ३:५५,

सत्तारुढ नेकपाले समाजवाद आधार तयारीका लागि दलाल पुँजीवाद र राष्ट्रिय औद्योगिक पुँजीको विकासमा अवरोध गर्ने वर्ग र शक्तिहरूसँग पार्टीको मुख्य अन्तरविरोध रहेको निष्कर्ष निकालेको छ।

उसले प्रमुख प्रतिपक्षी कांग्रेसलाई दलाल पुँजीपतिहरूको प्रतिनिधि भनेको छ।

दुईतिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरिरहेको नेकपाले पार्टी एकतापछि पारित गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई दलाल तथा नोकरशाही पुँजीपतिहरूको प्रतिनिधि भने पनि ऊसँग प्रतिपस्र्धा मात्रै नहुने पनि उल्लेख गरेको छ। यो खबर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डेले लेखेका छन्।

कांग्रेससँग सामन्तवादविरोधी आन्दोलनमा सहकार्य गरेको स्मरण गर्दै नेकपाले राष्ट्रियता र समृद्धिको मुद्दामा सहकार्य गर्न सकिने लेखेको छ ।

‘विगतमा हामीले सामन्तवादविरुद्धको संघर्षमा पटक–पटक नेपाली कांगे्रससँग सहकार्य गरेका छौँ र भविष्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा र समृद्धिको सवालमा जति हदसम्म ऊ तयार रहन्छ, त्यति हदसम्म सहकार्य गर्ने नीति लिइनेछ,’ नेकपाले दस्ताबेजमा भनेको छ, ‘तर, वर्गीय, वैचारिक र राजनीतिक रूपमा कम्युनिस्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति भने नेपाली कांग्रेस नै हो ।’

मुख्य अन्तरविरोधबारे दस्ताबेजमा सविस्तार चर्चा गरिएको छ । हालै प्रकाशित राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘नेपाली समाजमा दलाल तथा नोकरशाही पुँजीवादले उत्पादक शक्तिको विकास र अन्ततः उत्पादन र समृद्धिमा अवरोध उत्पन्न गरिरहेको छ।

यतिवेला नेपाली जनताको विकास, प्रगति र समृद्धिको तीव्र आकांक्षाको सम्बोधन मुख्य आवश्यकता हो । यो आवश्यकता र अविकसित, पीछडिएको र विपन्न अवस्थाबीच ठूलो अन्तरविरोध छ । तसर्थ, राष्ट्रिय औद्योगिक पुँजीको विकास र समृद्धिको बाटोमा अवरोध उत्पन्न गर्ने वर्ग, शक्ति, प्रवृत्ति र तत्वहरुसँग नेपाली जनताको मुख्य अन्तरविरोध रहेको छ।’

दलाल नोकरशाही पुँजीवादी र सामन्तवादका अवशेषहरू नै राष्ट्रिय औद्योगिक पुँजीको विकासमा अवरोधका रूपमा देखिएको नेकपाको निष्कर्ष छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad