बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हाल नेकपा एमाले, माधव नेपाल पक्षका प्रदेश सांसदले आफ्नो संलग्नता फिर्ता लिएका छन्।
सर्वाेच्च अदालतको फैसलापछि पार्टी एउटै (एमाले) भएको भन्दै उनीहरूले प्रस्तावबाट आफ्नो नाम हटाएका हुन्।
यसअघि तत्कालीन नेकपा, प्रचण्ड–नेपाल पक्षका ४५ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। जसमध्ये अहिले एमाले, नेपाल पक्षका २३ जना छन्।
योसँगै मुख्यमन्त्री पौडेलले आज (बुधबार) राख्ने संसदीय दलको बैठकमा नेपाल पक्षका सांसद पनि सहभागी हुने भएका छन्।

प्रतिक्रिया