नेकपा–एमालेको असन्तुष्ट पक्षले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको छ।
वागमती प्रदेश सभा सदस्य रचना खड्काका अनुसार सो समूहले हिजो मंगलबार अविश्वास प्रस्ताव फिर्ता लिएको हो।
‘मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव हामीले हिजो फिर्ता लियौं, लिने भन्ने निर्णय गरिसकेकै थियौं,’ खड्काले नेपालखबरसँग भनिन्, ‘नेकपा हुँदाको अवस्थामा अघि बढाएको प्रस्ताव अब नेकपा नै नरहेको हुँदा फरक परिस्थितिमा पुग्यौं त्यसैले फिर्ता लिएका हौं।’
उनका अनुसार आज वागमती प्रदेशको एमाले संसदीय दलको बैठक पनि राखिएको छ।
पार्टीभित्र वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको असन्तुष्ट समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि हिजो मंगलबार नै फिर्ता लिएको थियो।
यो पनि:
- मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

प्रतिक्रिया