नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया बजेटमा भएकाे व्यवस्थाअनुसार अघि बढाएको बताएका छन्।
पौडेलले अर्थ मन्त्रालयले असार १ गते पत्रमार्फत बजेटमा भएको व्यवस्था कार्यान्वयन तथा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले निगममा गरेको ऋण लगानी सम्बन्धमा अर्थ सचिवबाट निर्देशन प्राप्त भएको बताएका हुन्।
उनले असार १५ गतेभित्र निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्न यथासिघ्र डीडीए गर्न र निगमको पुनःसंरचना गर्न निमगले प्रबन्धपत्र तथा नियमावलीको मस्यौदा तयारगरी लिमिटेड कम्पनीमा रुपान्तरण गर्न निर्देशन अनुसार काम भएको बताए।
त्यस्तै अर्थ मन्त्रालयले सञ्चयकोष र नागरिक लगानी कोषबाट नेपाल वायुसेवा निगममा गरेको ऋण लगानीमा हाल लिदै आएको ब्याजदर र हर्जाना सम्बन्धमा पुनर्विचार गर्न निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसंग आवश्यक समन्वयगरी चालू वर्षको ब्याज दायित्वय एकिन गर्न समेत निर्देशन दिएको थियो।
आगामी आर्थिक वर्षको बजेटमा नेपाल वायुसेवा निगमको संगठन पुनसंरचना गरी व्यवसायिक एवम् प्रतिस्पर्धी बनाइनेछ।
खुल्ला प्रतिस्पर्धाको माध्यमबाट रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया सुरु गरिनेछ। निगमको शेयर पूँजी संरचना परिवर्तन गरी वृद्धि गरिनेछ।
उनले आफुले सरकारको निर्देशन र सञ्चालक समितिको निर्देशन अनुसार काम गरेको भए पनि नेपाल वायुसेवा निगम पूर्ण रुपमा नेपाल सरकारको स्वामित्वमा नै रहिरहनुपर्छ भन्ने निगम व्यवस्थापनको धारणा कायम नै रहेको बताए।
Shares

प्रतिक्रिया