एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमान्डुलगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी सामान खरिद गर्दा क्यासब्याक (पैसा फिर्ता) योजना ल्याएको छ।
त्यसका लागि द्विपक्षीय समझदारी गरेको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खानालगायत अन्य आवश्यक सामग्रीहरू फुडमान्डु, स्टपग्र्याब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने जानकारी दिएको हो।
बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ।
छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
एनएमबी बैंकले हाल देशभरि १ सय ८१ शाखा, १ सय ३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
Shares

प्रतिक्रिया