खेल


मेस्सी र नेमार संयुक्त रुपमा कोपा अमेरिकाको सर्वश्रेष्ठ खेलाडी घोषित, तर तथ्यांक यसो भन्छ...

मेस्सी र नेमार संयुक्त रुपमा कोपा अमेरिकाको सर्वश्रेष्ठ खेलाडी घोषित, तर तथ्यांक यसो भन्छ...

मेस्सी र नेमार


नेपालखबर
असार २७, २०७८ आइतबार १३:४४,

कोपा अमेरिकाको आयोजक कोन्मेबोलले अभूतपूर्व निर्णय गर्दै अर्जेन्टिनाका लियोनल मेस्सी र ब्राजिलका नेमार जुनियर दुवै संयुक्त रुपमा कोपा अमेरिका प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भएको घोषणा गरेको छ।

आइतबार बिहान अर्जेन्टिनाले ब्राजिललाई १ गोलले पराजित गर्दै कोपा अमेरिकाको उपाधि हात पारेको थियो।

सो खेलपछि मेस्सीलाई सर्वश्रेष्ठ खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड प्रदान गरिएको थियो।

तर सर्वश्रेष्ठ खेलाडीको अवार्ड मेस्सी र नेमार दुवैले प्राप्त गरेको जानकारी दिँदै कोन्मेबोलले एक विज्ञप्तीमा भनेको छ,‘कोपा अमेरिकामा एकमात्र उत्कृष्ट खेलाडी छनौट गर्नु असम्भव देखियो किन भने प्रतियोगितामा दुई सर्वश्रेष्ठ खेलाडी थिए।’

कोन्मेबोलको टेक्निकल रिभ्यू ग्रुपले मेस्सी र नेमार दुवै खेलाडीको हरेक पक्षलाई विश्लेषण गरेर यो उपाधि दुवैलाई दिइएको जानकारी दिएको हो।

तर कोपा अमेरिकाको यसपटकको तथ्यांकमा भने मेस्सी नेमारभन्दा अब्बल देखिन्छन्। गोल डटकमका अनुसार मेस्सीले यो प्रतियोगितामा ४ गोल गर्दा ५ गोलका लागि पास दिए।

नेमारले भने २ गोल गर्दा ३ गोलको लागि पास दिए। मेस्सीले फ्रि किकमा २ गोल गर्दा नेमारले फ्रि किकमा गोल गरेनन्। 

कन्भर्जन रेटमा पनि मेस्सी अगाडि छन्। गोल र गोलका लागि गरिने प्रहारलाई तुलना गरेर यो दर निकालिन्छ। मेस्सीको २३.५३ प्रतिशत कन्भर्जन रेट छ भने नेमारको कन्भर्जन रेट मात्र ११.७६ प्रतिशत छ।

यस्तै ‘पासिङ एकुरेसी’ सफल पास दिने खेलाडीमा भने मेस्सी र नेमार झन्डै उत्तिकै अब्बल देखिएका छन्। तर मेस्सी नै केही बलिया देखिन्छन्। यस प्रतियोगितामा मेस्सीको पासिङ एकुरेसी ८०.७८ प्रतिशत हो भने नेमारको ८०.१८ प्रतिशत हो।

ड्रिब्लिङ अर्थात विपक्षीलाई छलाउँदै बल आफ्नो पक्षमा राख्ने कौशल दुवैमा छ। तथ्यांकअनुसार मेस्सीले हरेक खेलमा ५.५ पटक ड्रिब्लिङ गर्दा नमोरले ५.२ पटक सफल ड्रिब्लिङ गरेका छन्।

यो पनिः २८ वर्षपछि कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, मेस्सीले पाए पहिलो अन्तर्राष्ट्रिय टाइटल

– कोपा अमेरिका जितेसँगै मेस्सी बने उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता

– कोपा अमेरिका फाइनलः डि मारिया म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक अर्जेन्टिनाकै मार्टिनेज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad