कारोबार


आरबीबी मर्चेन्ट बैंकिङमा प्याकुरेल

आरबीबी मर्चेन्ट बैंकिङमा प्याकुरेल

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ९:५५,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंंकिङ लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् । चार वर्षको लागि नियुक्त भएका प्याकुरेलले आजै एक समारोहका बीच पदबहाली गरेका छन्।

प्याकुरेलले अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन्। उनीसँग बैंकिङ्ग तथा पुँजीबजार क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव रहेको छ। उनी यसअघि एनआईबीएल एस क्यापिटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए।

हाल सहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैंकिङ सेवा राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा रहेका २ सय ३८ वटा शाखा कार्यालयबाट लिन सकिन्छ। यसले दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैंकिङ सेवा लिन सकिने सम्भावना भएको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले बताए। आरबीबी मर्चेन्ट बैंकिङ्गको हालको चुक्तापुँजी २० करोड रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad