ग्लोबल


गैरआवासीय नेपाली संघलाई राजनीतिबाट टाढै राख्छाैँः अध्यक्ष पन्त (भिडियो)


नेपालखबर
कात्तिक १ ,

गैरआवासीय नेपाली संघमा निर्वाचित भएपछि कुमार पन्तले संघलाई राजनीतीकरणबाट बचाउनु आफ्नो प्रमुख जिम्मेवारी हुने बताएका छन्। उनले यसवर्षको अधिवेशनमा बढी राजनीति भएको भन्दै यस्तो स्थिति आगामी दिनमा हटाउने आफ्नो जिम्मेवारी हुने बताएका हुन्।

यो वर्षको महाधिवेशनमा होटलमा नै आएर केही राजनीतिक व्यक्तिहरुले महाधिवेशन बिथोल्ल खोजेको पन्तले दाबी गरे। उनले भने, ‘यो संस्थालाई राजनीतीकरण गर्न हामी चाहँदैनौं।’ संघलाई रजनीतीकरण गर्ने हो भने नेपालमा आएर अधिवेशन गर्न नसक्ने उनको भनाइ छ।

काठमाडौंमा भएको नवौं सम्मेलनबाट प्रत्याशी कुल आचार्यलाई एक सय ४७ मतान्तरले पराजित गरी शुक्रबार विजयी भएपछि अध्यक्ष पन्तले होटलका कोठा–कोठामा नेताहरू आएर संस्थालाई राजनीतीकरण गर्न खोजेको बताए। आफू आगामी दिनमा अनलाइन भोटिङ एजेण्डामा अघि बढ्ने बताउँदै उनले भने, ‘एनआरएनएका प्रतिनिधिले होइन साधारण सदस्यहरूले नै भोट गर्न पाउने व्यवस्था मिलाउँछु।’

श्रमिक कल्याणकारी कोषको रकम वृद्धि गरिने जानकारी दिँदै उनले दक्ष कामदार उत्पादनका लागि सहयोग गर्ने बताए। उनले भने, ‘नेपालमा लगानीमा सहगोग गर्ने, दिगो संगठन बनाउने, एनआरएनमा सहभागिता बढाउनेजस्ता एजेण्डामा रहेर आफ्नो कार्यकाल अघि बढाउँछु।’

कात्तिक १, २०७६ शुक्रबार १०:२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad