ad ad

कारोबार


भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

नेपालखबर
साउन २१, २०७८ बिहिबार १४:३८, काठमाडौँ

बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान सुरुआत गर्ने भएको छ।

कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिए।  

उनले भने, ‘पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान सुरु गर्न लागिएको हो।’

नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दै आएका छन्। 

भैरहवा उडानका लागि एकतर्फी भाडा रु दुई हजार ८३५ देखि रु चार हजार ३३५ सम्म तय गरिएको छ। बुद्ध एयरले भरतपुर–काठमाडौँ नौ  उडान गरिरहेको छ। यस्तै भरतपुर–पोखरा दैनिक एक उडान छ। कोरोना कहरका कारण गरिएको निषेधाज्ञा खुकुलो भएसँगै एयरलाइन्सले उडान सुरु गरेको हो।

 सुरुआतमा भैरहवा १८ सिट जहाजबाट उडान सुरु गर्न लागिएको प्रबन्धक बस्नेतले बताए। सन् २००५ बाट चितवनमा उडान शुरुआत गरेको कम्पनीले निषेधाज्ञा अघिसम्म भरतपुर–काठमाडौँ दैनिक १२ उडान भर्दै आएको थियो।

चितवन तेस्रो पर्यटकीय गन्तव्य हो। पोखरा र भैरहवा देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछन्। उडानको सञ्जाल जोडिएसँगै पर्यटक बढ्ने अपेक्षा गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .