कारोबार


सेयरबजारमा १४ अर्बको किनबेच, कुनको कति सेयर कारोबार?

सेयरबजारमा १४ अर्बको किनबेच, कुनको कति सेयर कारोबार?

नेपालखबर
साउन २४, २०७८ आइतबार १५:३७, काठमाडौँ

सेयरबजारमा आज १४ अर्ब ३० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार २ सय २७ कम्पनीको साढे २ लाख बढी कित्ता किनबेचमा उक्त परिमाणको कारोबार भएको हो। 

दिनभरिमा आज १ लाख २६ हजार ९ सय २४ पटक खरिदबिक्री भएको थियो। 

साताको पहिलो कारोबार दिन बजार परिसूचक नेप्से शून्य दशमलव ६६ अंकले बढेर ३१०८.१२ विन्दुमा रोकिएको छ। 

सेन्सिटिभ सूचक पनि आज शून्य दशमलव ७८ अंकले हरियो छ। 

उपसमूहहरुको सूचक भने म्युचुअल फन्ड, उत्पादन, फाइनान्स, जलविद्युत्, विकास बैंक र वाणिज्य बैंकको मात्रै हरियो छ। अरु बाँकी सूचक राताम्य छन्। 

आज लगानीकर्ताहरुले ७.३७ प्रतिशतसम्म गुमाएका छन्। त्यस्तै सात कम्पनीका लगानीकर्ताले भने १० प्रतिशत वा सोही हाराहारीमा कमाएको नेप्सेले जनाएको छ। 

आज अपि पावर लिमिटेडको ८१ करोडको, अरुण भ्याली हाइड्रोको ६० करोडको, युनिभर्सल कम्पनीको ५४ करोडको,  ङादी ग्रुप पावरको ४९ करोडको र बुटवल पावर कम्पनीको ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad