सेयरबजारमा आज २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १८.२४ अंकले घटे पनि उच्च परिमाणको कारोबार भएको हो।
आजको कारोबारमा दुईवटा कम्पनीको कारोबार नै अर्ब बढीको भएको छ।
नेप्सेका अनुसार अरुण कावेली पावर लिमिटेडको एक अर्ब १६ करोड ७८ लाखको र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको एक अर्ब १६ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको हो।
ती दुईबाहेक नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ८३ करोडको, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ करोडको, हाइड्रोइलेक्ट्रिसिटी कम्पनी लिमिटेडको ४८ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
आज जीवन विकास लघुवित्तका लगानीकर्ताले १० प्रतिशत अर्थात् ३ सय ५५ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। त्यस्तै रिडी हाइड्रोलगायतका कम्पनीका लगानीकर्ताले पनि आज आम्दानी गरेका छन्।
त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर र हाइड्रोइलेक्ट्रिसिटीका लगानीकर्ताले १० प्रतिशत नै गुमाएका छन्।
Shares

प्रतिक्रिया