कारोबार


सुनको मूल्य बढ्यो, यस्तो छ यो साताको मूल्य

सुनको मूल्य बढ्यो, यस्तो छ यो साताको मूल्य

नेपालखबर
भदौ ७, २०७८ सोमबार ११:४६, काठमाडौँ

सुनको मूल्य सोमबार वृद्धि भएको छ।

आइतबार छापावाल सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भएकोमा सोमबार प्रतितोला २ सय रुपैयाँ बढेको हो। 

भदौ १ गते छापावाला सुन ९१ हजार रुपैयाँ तोला रहेकोमा २ गते ९१ हजार २ सयमा कारोबार भएको थियो। 

त्यस्तै ३ गते ९० हजार ८ सय  र ४ गते ९१ हजार २ सय नै पुगेको थियो। 

५ गते शनिबार परेकोले सुनको कारोबार हुन सकेन। शनिबार सुन कारोबार बन्द हुने गरेको छ।  

६ गते ९० हजार ९ सय र ७ गते अर्थात् आज ९१ हजार १ सयमा कारोबार भइरहेको छ। 

त्यस्तै सोमबार चाँदी १ हजार १ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .