ad ad

कारोबार


आजदेखि बढ्यो बैंकहरूको ब्याजदरः ऋण लिँदा महँगो, पैसा राखे फाइदा

आजदेखि बढ्यो बैंकहरूको ब्याजदरः ऋण लिँदा महँगो, पैसा राखे फाइदा

दीपक भट्ट
असोज १, २०७८ शुक्रबार ६:२०, काठमाडौँ

आज १ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय कम्पनीहरूले ब्याजदर परिवर्तन गरेका छन्। 

‘बजेट होलिडे’ चलिरहँदा बजारमा पैसा कम भएको भन्दै बैंकहरूले ब्याजदर बढाएका हुन्।

बैंकहरूले सार्वजनिक सूचना नै जारी गर्दै निक्षेप तथा कर्जा दुवैको ब्याज बढाएका हुन्। 

ब्याजदर परिवर्तनसँगै पैसा जम्मा गर्नेले अर्थात् निक्षेपकर्तालाई फाइदा भएको छ भने बैंकबाट ऋण लिनेलाई ब्याजको भार थपिएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार बेलुकासम्म बैंकिङ प्रणालीमा नै लगानीयोग्य रकम जम्मा १८ अर्ब छ। यो अंक भनेको तरलताको चरम अभावजस्तै हो। 

यही अभावलाई हेरेर बिहीबार ३ बजे राष्ट्र बैंकले २० अर्ब रुपैयाँ (रिपो) बजार पठाएको छ। त्यसले अभावलाई केही सहजता दिने राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकले बैंकमा पठाएको उक्त रकम भने १४ दिनको लागि मात्रै हो। 

असोज १४ गते बैंकहरूले त्यो रकम फिर्ता गर्नुपर्ने हुन्छ। 

कुन बैंकको कति पुग्यो ब्याजदर?
नबिल बैंक

नबिल बैंकले साधारण निक्षेपमा ४ दशमलव २६ देखि ६ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने भएको छ। मुद्दती निक्षेपमा पैसा राख्नेलाई बैंकले ६ दशमलव ५१ प्रतिशतदेखि ९ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने बताएको छ। 

नबिलको बैंकको आधार दर ५ दशमलव ५२ प्रतिशत छ। यसअनुसार आधारदरमा १ दशमलव ५ देखि ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याज लिने बताएको छ। योसँगै ऋणीले कर्जामा ११ दशमलव ५२ प्रतिशतसम्म ब्याज दिनुपर्ने हुनसक्छ।

सानिमा बैंक
सानिमा बैंकले साधारण निक्षेपमा ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने सूचना जारी गरेको छ। बैंकले मुद्दती निक्षेपमा ७ देखि १० दशमलव ०१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ। 

बैंकको आधार दर ६ दशमलव १४ प्रतिशत छ। कर्जातर्फ बैंकले आधारदरमा ७ प्रतिशत ब्याज लिने जनाएको छ। जसअनुसार कर्जामा १३ दशमलव १४ प्रतिशतको ब्याजदर पर्नेछ। 

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले आज जारी गरेको सूचनाअनुसार साधारण बचतमा ३ दशमलव ०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ। 

बैंकले मुद्दती निक्षेपमा ८ दशमलव ०६ प्रतिशतसम्म ब्याज दिनेछ। बैंकको आधारदर ५ दशमलव ४१ प्रतिशत छ। बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याज लिनेछ। 

यसअनुसार कर्जामा अधिकतम ब्याजदर ८ दशमलव ४१ प्रतिशत छ।

कृषि विकास बैंक
कृषि विकास बैंकले साधारण बचतमा ३ दशमलव ५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ। बैंकले मुद्दती निक्षेपमा ८ दशमलव ६० प्रतिशतसम्म ब्याज दिने बताएको छ। 

बैंकको आधार दर ७ दशमलव १३ प्रतिशत छ। यसअनुसार २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याजदर दिने बताएको छ। योअनुसार बैंकको कर्जा १२ दशमलव १३ प्रतिशतसम्म गर्नेछ। 

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले साधारण निक्षेपमा ३ दशमलव ५५ प्रतिशत ब्याज दिने बताएको छ। मुद्दती निक्षेपमा भने एभरेष्ट बैंकले ४ दशमलव ५ प्रतिशतदेखि ८ दशमलव ५५ प्रतिशतसम्म दिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। 

बैंकको आधार दर ७ दशमलव ३७ प्रतिशत छ। कर्जामा सोही आधार दरमा १ दशमलव ५ प्रतिशतदेखि ५ प्रतिशतसम्म जोडेर कर्जा दिने बताएको छ। यसअनुसार कर्जा लिनेलाई १२ दशमलव ३७ प्रतिशतसम्म ब्याज पर्नेछ। 

सनराइज बैंक
सनराइज बैंकले साधारण बचतमा ५ दशमलव ०७ प्रतिशत ब्याज दिने बताएको छ। मुद्दती निक्षेपमा भने बैंकले ५ दशमलव ०७ प्रतिशतदेखि १० दशमलव ०७ प्रतिशतसम्म दिने सूचना बैंकले जारी गरेको छ। 

बैंकको आधार दर ७ प्रतिशत छ। कर्जाको ब्याजदर भने आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने बताएको छ। यसअनुसार बैंकको कर्जाको ब्याज १३ प्रतिशतसम्म पर्नेछ। 

एभरेष्ट बैंक
एभरेष्ट बैंकले साधारण निक्षेपमा ३ दशमलव ६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ६ दशमलव ५० प्रतिशतदेखि ८ दशमलव ६१ प्रतिशतसम्म ब्याज दिने बताएको छ। 

बैंकको आधारदर ५ दशमलव ८५ प्रतिशत छ। बैंकले कर्जा ३ देखि ८ प्रतिशतसम्म आधार दर जोडेर कर्जा दिने बताएको छ। यसअनुसार बैंकको अधिकतम ब्याजदर १४ प्रतिशतसम्म पर्नेछ।

सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले पनि साधारण बचतमा ४ दशमलव २५ प्रतिशतदेखि ६ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने बताएको छ। मुद्दती निक्षेपमा भने बैंकले ८ प्रतिशतदेखि ९ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ। 

बैंकको आधारदर ७ दशमलव ५५ प्रतिशत छ। बैंकले कर्जामा आधारदरमा ४ दशशमलव ५० प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम ब्याज लिने जनाएको छ। यसअनुसार बैंकको कर्जामा ब्याज १३ दशमलव ५५ प्रतिशतसम्म पर्नेछ। 

नेपाल बंगलादेश बैंक    
नेपाल बंगलादेश बैंकले बचतमा ३ दशमलव ७६ देखि ४ दशमलव ७६ प्रतिशतसम्म ब्याज दिने भएको छ। मुद्दती निक्षेपमा बैंकले ८ दशमलव ७६ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ। 

एनएमबी बैंक
एनएमबी बैंकले साधारण बचतमा ४ दशमलव ५२ प्रतिशतदेखि ६.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ। मुद्दती निक्षेपमा बैंकले ९ दशमलव ०२ प्रतिशतसम्म ब्याज दिने बताएको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचतमा २ देखि ४ दशमलव ५ प्रतिशत र मुद्दती निक्षेपमा ७ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने भएको छ। 

हिमालयन बैंक
हिमालयन बैंकले साधारण निक्षेपमा ४ दशमलव २५ प्रतिशतदेखि ६ दशमलव १५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । 

प्रभु बैंक
प्रभु बैंकले साधारण निक्षेपमा ३ दशमलव २५ देखि ५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ८ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने बताएको छ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ। बैंकले मुद्दती निक्षेपमा ८ दशमलव २५ प्रतिशतदेखि ८ दशमलव ७५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 

एनसीसी बैंक
एनसीसी बैंकले साधारण निक्षेपमा ४ दशमलव २६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने बताएको छ। बैंकले मुद्दती निक्षेपमा ९ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ।

सिभिल बैंक
सिभिल बैंकले साधारण निक्षेपमा ४ दशमलव २५ प्रतिशतदेखि ६ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने बताएको छ। बैंकले मुद्दती निक्षेपमा ७ दशमलव ५५ देखि ९ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ। 

प्राइम बैंक
प्राइम बैंकले साधारण निक्षेपमा ४ दशमलव ७६ देखि ५ दशमलव ७६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ। बैंकले मुद्दती निक्षेपमा ८ देखि ९ दशमलव ७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले साधारण निक्षेप ४ दशशमलव ५ प्रतिशत दिने उल्लेख छ। बैंकले मुद्दतीमा ८ दशमलव ८० प्रतिशतदेखि १० दशमलव ५० प्रतिशत ब्याज दिने भएको छ। कर्जामा भने बैंकको आधार दर ६ दशमलव ६० प्रतिशतमा प्रिमियम जोडेर ब्याज लिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .