ad ad

कारोबार


नाडाको निर्वाचन मंसिर २२ र २३ गते

नाडाको निर्वाचन मंसिर २२ र २३ गते

नेपालखबर
असोज ९, २०७८ शनिबार २३:११, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारणसभा तथा निर्वाचन मंसिरमा हुने भएको छ । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर २२ र २३ गते होटल सोल्टीमा साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो । 

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्यसमितिको निर्वाचन हुनेछ । नाडाले सातवटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ ।

सो बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका सातवटा प्रदेशस्तरीय एसोसिएसनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेटलगायत, जनचेतनामूलक स्टिकर र कोभिडविरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ । 

नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एसोसिएसनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरुमार्फत वितरण गर्नेछन् ।

नाडाले गत भदौ २५ गते त्रिपुरेश्वर चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .