कारोबार


फोर्ड एभरेष्टको नेपालमा बुकिङ खुल्ला

फोर्ड एभरेष्टको नेपालमा बुकिङ खुल्ला

नेपालखबर
असोज १७, २०७८ आइतबार १८:४५, काठमाडौँ

नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालिले फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ। 

फोर्ड एभरेष्ट २.० लि. वाई– टर्वाे डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको कम्पनीको दाबी छ।

यसको शुरुवाती नेपाली मूल्य रु. १.९९ करोड रहेको छ।  कम्पनीका अनुसार अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने छ। 

विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी भएको कम्पनीको भनाई छ। 

कम्पनीका अनुसार पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो। परिवारसँगको यात्रा फोर्ड एभरेष्टले एकदमै आरामदायी बनाउँछ। ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउँछ।

यस बाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ। यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउँछ। 

जिओ अटोमोवाइल्स का प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, ‘फोर्ड एभरेष्टको साथ हामी प्रयोगकर्ताहरुलाई उत्कृष्ट क्षमता र क्लास लिडिङ्ग फिचर्स दुवैको उत्कृष्ट संगम भएको आकर्षक एसयूभी उपलब्ध गराउँदै छौं। एभरेष्टमा भएको इनह्यान्स भ्यालु प्रोपोजिसनका कारण यो एसयूभी गाडी नयाँ ग्राहकहरुको पहिलो रोजाइ बन्नेछ भन्नेमा हामीलाई पूर्ण विश्वास छ।’

कम्पनीका अनुसार फोर्ड एभरेष्टका यस्ता विशेषताहरु छन्ः

हरेक कुरामा उत्कृष्ट : फोर्ड एभरेष्ट मा सुन्दर अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइन ल्याम्प क्लस्टर डिजाइनको अल–एलइडी हेडल्याम्पस् छ। एलइडी हेडल्याम्पस् ले रातीको समयमा विशेष लो र हाई–बमि  दुबैमा २० प्रतिशत धेरै प्रकाश दिन्छ ।

यसका साथै, फोर्ड एभरेष्ट ले आकर्षक डिजाइन, अफरोड मा बेजोड क्षमता, उत्कृष्ट सुरक्षा र बेजोड सुविधा दिन्छ, जसको लागि

इनत्युटिभ कन्ट्रोल : सजिलै ह्यान्ड्स फ्रि कल गर्न सकिने। बदलिरहने ट्राफिकको अवस्थामा कन्ट्रोलमा गाडी चलाउन सकिने। चालकलाई जे गर्न मन छ, एभरेष्टको इनत्युटिभ  टेक्नोलोजी सहयोग गर्न तयार छ। 

पावरफुल  क्षमता : फोर्ड एभरेष्ट को आधुनिक २.० लि. वाई –टर्बो डिजेल इन्जिनले इन्धनको क्षमतामा कुनै अवरोध नगरी २१३ पीएस  को पावर र ५०० एनएम सम्मको टर्क दिन्छ। 

पर्पोज ब्युल्ट अफ–रोड क्यापाविलिटी : चुनौतीपूर्ण र अफ्ठ्यारो बाटोहरुको लागि डिजाइन गरिएको नयाँ एभरेष्ट गाडी सशक्त तयार छ। बाटोको अन्त्यमा के छ थाहा पाउन सकिन्छ। क्षमतावान् एभरेष्टले जस्तोसुकै बाटोमा पनि गाडी चलाउन सकिने विश्वास दिन्छ। 

क्लेभर कन्फोर्ट : आकर्षक लेदर अपहल्सटर्ड सीट्स, प्रिमियम इन्टेरियर्स, डुअल क्लाइमेट कन्ट्रोल, र डुअल प्यानल सनरुफले एभरेष्ट सँगको हरेक यात्रामा आनन्द दिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .