कारोबार


काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण गर्न नसकेपछि नेपालगन्ज फर्काइयाे

काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण गर्न नसकेपछि नेपालगन्ज फर्काइयाे

फाइल तस्बिर


नेपालखबर
असोज २०, २०७८ बुधबार १०:४१, काठमाडौँ

सुर्खेत जान काठमाडौंबाट बुधबार बिहान उडेको बुद्ध एयरको जहाज त्यहाँ अवतरण हुन नसकेपछि नेपालगन्ज विमानस्थलमा अवतरण गराइएकाे छ। 

मौसम खराबीका कारण सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगन्जमा अवतरण गर्नुपरेको सुर्खेत विमानस्थल स्रोतले जनाएको छ।

सुर्खेत पुगिसकेको जहाज बाक्लो बादलका कारण त्यहाँको विमानस्थलमा अवतरण गर्न नसकेपछि नेपालगन्जको विमानस्थलमा अवतरण गराइएको हो। बादल कम भएपछि जहाज पुनः सुर्खेत लगिने विमानस्थल स्रोतले जानकारी दिएको छ।  

सुर्खेतका लागि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट बुधबार बिहान ८ बजेतिर उडेको बुद्ध एयरको यु ४–१३३  फ्लाइट नम्बरको जहाज सवा ९ बजे सुर्खेत पुगेको थियो। तर मौसमका कारण त्यहाँ अवतरण हुन नसकेपछि नेपालगन्ज लगिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad