कारोबार


सुरक्षा परीक्षणमा सधैँ अब्बल टाटाका कार

सुरक्षा परीक्षणमा सधैँ अब्बल टाटाका कार

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १२:१२, काठमाडौँ

आधुनिक प्रविधिले मानव जीवनलाई सहज र छिटो बनाइदिएको छ। सहज जीवनका अनेक आवश्यकतामध्ये सवारीसाधन एक मुख्य आवश्यकता भएको छ। 

सवारीसाधन आधुनिक जमानाको सुविधायुक्त वस्तु मात्रै रहेन अब, सुरक्षाको जरुरी साधन पनि भई नै सक्यो। सवारीसाधनका ब्रान्ड र ढाँचाकाँचा अनेक–अनेक उपलब्ध छन्, बजारमा। 

तर, ग्राहकहरूको रोजाइमा सधैं आकर्षक र सुरक्षित साधन मात्रै पर्ने गर्छन्। पछिल्लो समय सुरक्षित यात्रा भन्नेबित्तिकै ग्राहकले झट्टै सम्झने गर्छन्– टाटाका कारहरू।

भर्खरै टाटा ‘पन्च’ ले सुरक्षा परीक्षणमा ग्लोबल एनक्याप फाइभ–स्टार पाएपछि टाटाका उत्पादन सुरक्षित रहेको थप प्रमाणित भएको छ। 

यो नतिजासँगै गाडीका पारखीहरूको ध्यान टाटातिर झनै तानिन थालेको छ। टाटाका गाडी सुरक्षाका दृष्टिले अब्बल रहेको कुरा अनुभवीहरूले बताउँदै आएका थिए। 

यसअघि नै पनि टाटा नेक्सन र टाटा अल्ट्रोजले ग्लोबल एनक्याप फाइभ–स्टार पाइसकेकै हो। टाटा ‘पन्च’ ले पनि फाइभ–स्टार पाएपछि ‘सुरक्षाको अर्को नाम टाटा’ बराबर साबित भएको छ। 

पछिल्लो समय सार्वजनिक खबरअनुसार सुरक्षा परीक्षणमा ४ वटा कारले फाइभ–स्टार रेटिङ पाएका छन्। र, सुखद कुरा के छ भने फाइभ–स्टार प्राप्त ती ४ कारमध्ये ३ वटा कार टाटाका उत्पादन रहेका छन्।

सुरक्षाका हिसाबमा टाटा नेक्सन त्यो पहिलो भारतीय गाडी हो, जसले पाँच–तारे ग्लोबल एनक्याप प्राप्त गरेको थियो। ‘स्टेट अफ आर्ट टेक्नोलोजी’ अवधारणामा बनाइएको यो गाडी आकर्षक त छँदै छ, थप आरामदायी भएका कारण निकै तीव्र गतिमा बिक्री रेकर्डमा पनि अगाडि रह्यो। सुविधा र प्रविधिका कारण गाडीको पारखीहरू माझ यो गाडी दिनानुदिन लोकप्रिय हुँदै गएको हो।

टाटा मोटर्सले आफ्ना कारहरूलाई आकर्षक सुविधासहित समसामयिक बनाउँदै नयाँ–नयाँ भेरियन्ट ग्राहकलाई पस्किरहने सदावहार सिद्धान्त बोकेको दाबी गरेको छ। 

कम्पनीका अनुसार यही सिद्धान्तको प्रतिबद्धताले नै टाटा अल्ट्रोजले नेसनल लन्चको बेलामै फाइभ–स्टार ग्लोबल एनक्याप एडल्ट रेटिङ पाएको हो। प्राप्त गरेको यही फाइभ–स्टारले नै अल्ट्रोजमा भएको सुरक्षा–सुविधालाई बलियोसँग पुष्टि गरिदियो। 

अल्ट्रोजले ग्राहकलाई सुपथ मूल्यमा गतिलो प्रिमियम सुविधाको अनुभव गर्ने विकल्प दियो, जसका कारण छोटो समयमै यो सबैको प्रिय बन्न सफल भयो। स्टालिइस डिजाइन र सुगमतालाई ग्राहकहरूले काफी सराहना गरे नै। योभन्दा खुसीको कुरा– सुरक्षाको श्रेणीमा अल्ट्रोजले प्रमाणित गरिरहेको सर्वश्रेष्ठतालाई सर्वत्र प्रशंसा गरियो।

टाटाका उत्पादनहरू सुरक्षाका दृष्टिले सर्वश्रेष्ठ रहेको पछिल्लो कडी बनिदियो– टाटा ‘पन्च’। टाटा पन्चको उच्च प्रविधियुक्त सुविधालाई त ग्राहकहरूले मन पराइहाल्छन् नै। खासमा ‘पन्च’ लाई टाटाले भारत र नेपालको सबैभन्दा सुपथ मूल्यको एसयुभीको रूपमा स्थापित गर्न सक्छ। यो अर्को महत्वपूर्ण पक्ष हो।

भारतीय बजारमा सुरक्षाका कोणबाट सबैभन्दा रुचाइएका टाटाका कारहरू पछिल्लो समय नेपाली बजारमा पनि अझै धेरै रुचाइनुलाई धेरैले सुखद रूपमा लिएका छन्। यस खुसीका पछाडि सुरक्षा परीक्षणमा टाटाका कारहरूले प्राप्त गरेको रेटिङले महत्वपूर्ण भूमिका खेलेको छ नै। 

फाइभ–स्टार र फोर–स्टार पाउनका लागि मोटर्स कम्पनीहरूले निकै मिहिनेत गर्ने गर्छन्। तर, सबै कम्पनी आफ्ना सबै उत्पादनमा सफल हुन्छ भन्ने छैन। टाटा मोटर्सले भने सुरक्षाका मामिलामा एकपछि अर्कोमा उच्च सफलता प्राप्त गर्नुले कम्पनीका लागि मात्रै होइन, उपभोक्ताहरूका लागि पनि भरपर्दो खुसी दिएको छ।

यत्ति मात्रै होइन, सुरक्षाका मापदण्डका आधारमा टप ८ कारहरूमध्ये टप ६ कार त टाटाका मात्रै उत्पादनहरू छन्। सुरक्षाका दृष्टिले टाटाका अरु ३ वटा भेरियन्टले फोर–स्टार पाएका छन्। टाटा टियागो, टाटा टिगोर र टाटा टिगोर–इभीले पनि फोर–स्टार पाएसँगै टाटाका उत्पादनहरू सुरक्षाका कोणबाट भरपर्दो रहेको अनुभव ग्राहकहरूले गरेका छन्। 

कारहरूले फोर–स्टार पाउनु नै निकै महत्वपूर्ण मानिन्छ। टाटाका ३ भेरियन्टले फाइभ–स्टार र ३ भेरियन्टले फोर–स्टार पाएसँगै अग्रपंक्तिका ८ कारमध्ये ६ वटामा टाटाले कब्जा जमाएको छ। यी आँकडाले टाटाका कारहरू सुरक्षा परीक्षणमा माइलस्टोन साबित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .