हमास लडाकु समूहले इजरायलसँगको सात महिना लामो युद्ध रोक्न इजिप्ट र कतारको युद्धबिराम प्रस्तावलाई स्वीकार गरेको बताएको छ।
दुई मध्यपूर्वी राष्ट्र कतार र इजिप्टले इजरायल र हमासबीच महिनौँदेखिको वार्ताको मध्यस्थता गर्दै आएका छन्। हमासको यस वक्तव्यलाई लिएर इजरायलबाट तत्काल कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।
हमासको प्रस्तावको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। तर केही दिनयता इजिप्ट र हमास नेताहरूले भनेका छन् कि युद्धबिराम धेरै चरणमा हुनेछ, जसमा हमासले गाजाबाट इजरायली सेना फिर्ताको बदलामा बन्धकहरूलाई रिहा गर्नेछ।
तर यो प्रस्ताव युद्ध अन्त्य र बन्धक रिहाइको माग पूरा गर्ने चरणसम्म पुग्छ कि पुग्दैन, अहिले नै भन्न नसकिने एजेन्सीहरूले उल्लेख गरेका छन्।
हमासको नियन्त्रणमा नेपाली विद्यार्थी विपिन जोशी पनि छन्।
Shares

प्रतिक्रिया