कारोबार


काइगरको आगमनपछि नेपालमा रेनोको ‘मार्केट सेयर’ बढेको छः महाप्रबन्धक श्रेष्ठ (भिडिओ–वार्ता)

काइगरको आगमनपछि नेपालमा रेनोको ‘मार्केट सेयर’ बढेको छः महाप्रबन्धक श्रेष्ठ (भिडिओ–वार्ता)

रेनो नेपालको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल्सका महाप्रबन्धक अधिर श्रेष्ठ। तस्बिर : विजय सिंह


वसन्त अर्याल
कात्तिक १७, २०७८ बुधबार ११:३६, काठमाडौँ

अधिर श्रेष्ठले अटोमोबाइल्स क्षेत्रमै २५ वर्ष बिताइसकेका छन्। यो क्रममा उनले दुईपांग्रेदेखि चारपांग्रे सवारीसाधनको व्यावसायिक अनुभव बटुलेका छन्। श्रेष्ठ हाल रेनो नेपालको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल्स प्रालिका महाप्रबन्धक छन्। समसामयिक अटो बजार र रेनोको व्यावसायिक अवस्थाबारे नेपालखबरले गरेको कुराकानी :

कोभिड दोस्रो लहरपछि अटो मोबाइल्स बजार कस्तो छ, सामान्य अवस्थामा फर्किएको हो? 
कोभिड दोस्रो लहरपछि नेपाली अटो बजार एकदमै उत्साहजनक छ। यसको मुख्य कारण चाडपर्व नै हो। लकडाउन खुकुलो भएको केही समयमै चाडपर्व सुरु भयो।

यसले बजारमा चहलपहल बढाएको छ। कोभिडले मानिसमा एक प्रकारको स्वास्थ्य सुरक्षा विषयमा सजग बनाएको छ। त्यसबाहेक दशैँ तिहारमा नयाँ समान खरिद गर्ने मानिस धेरै हुन्छन्। कम्पनीहरुले आकर्षक अफर ल्याउँदा ग्राहक बढेका छन्। ​

रेनोले भर्खर काइगर कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको थियो। यसको बजार अवस्था कस्तो छ?
रेनोको काइगर नेपाल ल्याएसँगै रेनोको मार्केट सेयर बढेको छ। पछिल्ला वर्षमा मानिसको आकर्षक एसयूभी गाडीमा बढेको छ। एसयूभीका गाडीमा ग्राउन्ड क्लियरेन्स, फिचरले आकर्षित भएका छन्। 

एसयूभीमा धेरैको चासो भए पनि गाडीको एसयूभीको मूल्य महंगो हुँदा खरिद गर्न सकिरहेका थिएनन्। काइगर एकदमै रिजनेवल प्राइजमा नेपालमा उपलब्ध रहेको छ। 

गाडी चढ्न इच्छुक मध्यमवर्गका मानिसले खरिद गर्न सहज भएको छ। काइगरको मूल्य कम हुँदा एकदमै राम्रो बिक्रीवितरण भएको छ। एसयूभीमा अपग्रेड हुन चाहनेका लागि ‘राइट प्रोडक्ट विथ राइट प्राइसिङ’ रहेको छ। 

रेनोले इन्ट्री लेभल कारको रुपमा क्विड मोडल बिक्री गर्दै आएको थियो। क्विड र काइगरको मूल्यमा धेरै अन्तर छैन। एसयूभी सेगमेन्टमा काइगर सार्वजनिक गर्दा क्विडको बजारमा कस्तो असर प¥यो?
क्विड ह्याचब्याग सेगमेन्टको कार हो। ह्याचब्याग सेगमेन्ट र एसयूभी गाडी खरिद गर्ने ग्राहक नै फरक हुन्छन्। पहिलोपटक गाडी खरिद गर्ने ग्राहक ह्याचब्याग सेगमेन्ट बढी खरिद गर्छन्। नेपालमा यस्तो ग्रुप ठूलो रहेको छ। यसले क्विड जस्ता गाडी बिक्रीवितरणमा कमी आएको छैन। 

काइगर खरिद गर्ने ग्राहक ह्याचब्याग गाडीबाट अपग्रेड गरेर एसयूभीमा जान्छन्। एसयूभीको गाडी खरिद गर्न काइगर बजारमा आउनुअघि महंगा गाडी मात्रै थिए। क्विड चढिरहेका ग्राहक आफूलाई अपग्रेड गर्न काइगर प्रयोग गर्न सक्छन्। 

रेनोले नेपालमा डस्टर ल्याउँदा राम्रो बजार होल्ड गरेको थियो। पछिल्लो समय डस्टर मार्केटमा कमजोर हुँदा रेनोको बजार हिस्सा घट्यो नि?
डस्टर भारतमा सार्वजनिक गर्दैगर्दा नेपालमा पनि अत्यधिक कुरिएको थियो। यो गाडी भारतमा नेपालमा सार्वजनिक गर्नुभन्दा ६–७ वर्षअघि लञ्च भएको थियो। डस्टर नेपाल आउने समयसम्म क्रेज राम्रो थियो। त्यसैले सुरुमा राम्रो बिक्री भयो। बजारमा नयाँ नयाँ प्रतिस्पर्धी गाडी आए।

बीचको एक–डेढ वर्ष नयाँ प्रोडक्ट ल्याउन सकिएन। क्विड आएपछि फेरि रेनोको बिक्री बढ्यो। ५ सिटर र ७ सिटर बनाउन मिल्ने टाइबर नेपाल आउँदा रेनोको बजारमा उपस्थिति बढ्यो। अहिले काइगर आउँदा नेपालमा रेनो बजारमा बलियो भएको छ। 

नेपालमा रेनोको स्पेयर पार्टस र सर्भिस नेटवर्क कस्तो छ ? 
रेनो विश्वको दोस्रो पुरानो अटोमोबाइल्स कम्पनी हो। नेपालमा रेनो सार्वजनिक भएसँगै ‘थ्रि एस’ अर्थात सेल्स, सर्भिस र स्पेयर पार्टसलाई प्राथमिकता दिएको छ। 

बिक्रीपछिको सेवा नदिई कुनै पनि ब्रान्ड सफल हुनै सक्दैन। नेपालका प्रमुख सहरमा थ्रीएससहित रेनोले सुविधा दिएको छ। काठमाडौं उपत्यकाबाहेक पूर्वमा बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, पोखरा, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, धनगढीमा थ्रीएससहितको डिलर नेटवर्कसहित रेनोको वलियो उपस्थिति रहेको छ। भविष्यमा विस्तार हुने डिलर नेटवर्कमा पनि थ्रिएससहितकै हुनेछन्। 

रेनोका प्रतिस्पर्धी कम्पनीले नेपाली बजारमा विद्युतीय गाडी ल्याइसकेका छन्। विदेशमा रेनोको विद्युतीय गाडी पनि छ। नेपालमा विद्युतीय गाडी ल्याउने कुनै तयारी गर्नुभएको छ कि?
रेनोले नेपालमा विद्युतीय गाडी ‘जोय’ ल्याउने योजना बनाइरहेको छ। युरोपियन देशमा विद्युतीय गाडीमा रेनो नम्बर वान जस्तै रहेको छ। पहिला भारतमा भएको अटो शोमा क्विडको लुकमा विद्युतीय गाडी प्रदर्शन गरिएको थियो। कोभिडको कारण उत्पादन पछि धकेलिएको छ। 

युरोपियन बजारमा सफल जोय भविष्यमा नेपाल आउने आशा गर्न सक्छौँ। त्यसबाहेक रेनोले नयाँ एसयूभी मेगा युरोपियन बजारमा ल्याएको छ। आशा गरौँ भविष्यमा रेनोले पनि नेपाली बजारमा विद्युतीय गाडी ल्याउँछ। 

नेपाल सरकारले कर बढाउने वस्तुमा गाडी पहिलो नम्बरमा पर्छ। लामो समय अटोमोबाइल्स व्यवसायमा बिताउनुभएको छ। गाडी करसम्बन्धी तपाईंको धारणा के छ?
सरकारले गाडीलाई विलासिताको वस्तुमा लिँदै आएको छ। तर गाडी आवश्यक वस्तु भइसक्यो। व्यापार व्यवसायदेखि हरेक क्षेत्रमा मानिसको मुभमेन्ट बढेको छ। 

गाडी प्रयोग गर्दा मानिसको कामको रफ्तारलाई बढाएको छ। पूर्वाधारहरुको विकास पनि राम्रो हुँदै गएको छ। अटोमोबाइल्स अब विलासिताको वस्तु होइन आवश्यक वस्तु हो भन्ने सोचेर कर निर्धारण गर्नुपर्छ। अहिले नेपालमा गाडीमा जुन कर लगाइएको छ। त्यो विश्वमै उच्च दरको रहेको पाइन्छ। 

सरकारले एसेम्बल उद्योगलाई बढी प्राथमिकता दिएको छ। गाडी एसेम्बल गर्नेलाई ५० प्रतिशतसम्म अन्तःशुल्क छुट दिएको छ। नेपालको सानो बजारमा गाडी उत्पादन हुने अवस्था कस्तो छ ?
एसेम्बल उद्योग स्थापना गर्नेलाई सरकारले छुट दिने जुन नीति लिएको छ त्यो एकदमै राम्रो हो। नेपालको फोर ह्विल बजार सानो हुँदा एसेम्बल उद्योग स्थापना गरेर बाँच्न अप्ठ्यारो रहेको छ। २ पांग्रे सवारीको खपत बढिरहेको छ, यिनीहरु एसेम्बल उद्योग स्थापना गरी टिक्न सक्छन्। सरकारले एसेम्बल उद्योगसम्बन्धी नीतिले भविष्यमा राम्रै गर्ने विश्वास रहेको छ। 

कोभिड महामारीको कारण चिप्स अभावमा गाडी बुकिङ गरे पनि तत्काल नपाउने देखिन्छ। रेनोका गाडी बुकिङ गर्दा तत्काल पाउने अवस्था छ?
चिप्स अभाव हुँदा विश्व अटोबजार नै प्रभावित भएको छ। रेनोलाई पनि समस्या रहयो। केही समय हामी गाडी डेलिभरी गर्न अप्ठ्यारो पर्यो। नेपालमा रेनो भारतमा उत्पादन भएर आउने हो। बुकिङ गर्दाबित्तिकै त पाइने अवस्था छैन। तर अहिले धेरै समय कुर्नुपर्दैन।

फागुनमा नाडा अटो शो पनि हुँदै छ। रेनोले केही नयाँ प्रोडक्ट आउने सम्भावना छ?
हरेक वर्ष नाडा अटो शो हुँदा दशैं आयो भन्ने माहोल बन्थ्यो। कोभिडको कारण दुई वर्ष नाडा अटो शो हुन सकेन। नाडा अटो शो हुनु अटो व्यवसायीको लागि खुसीको खबर हो। यसले अटो बजारलाई चलायमान बनाउन सहयोग पुर्याउनेछ। 

नाडामा नयाँ प्रोडक्ट आउने सम्भावना छैन तर भर्खर बजारमा आएका प्रोडक्ट शो केस गर्छौं। हामीले भारतमा उत्पादित गाडी नेपालमा आयात गर्दै आएका छौँ। रेनो भारतले हरेक वर्ष नयाँ प्रोडक्ट बजारमा ल्याउने बताएको छ। भारतमा लञ्च हुन नयाँ प्रोडक्ट नेपालमा ल्याइहाल्छौँ।  

भिडिओ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .