कारोबार


प्रदेश २ मा ११ विगहा अवैध गाँजा खेती नष्ट

प्रदेश २ मा ११ विगहा अवैध गाँजा खेती नष्ट

शैलेन्द्र महतो
कात्तिक २८, २०७८ आइतबार २०:१६, काठमाडौँ

सशस्त्र प्रहरी र सशस्त्र प्रहरीले सर्लाही र महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा खेती नष्ट गरेको छ। 

सशस्त्र  प्रहरी प्रदेश २ का प्रमुख डीआईजी गणेश ठाडा मगरको नेतृत्वको टोलीले आइतबार ८ विगहा क्षेत्रफलमा लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो। 

एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नं. ३ अजम्वरपट्टी, वडा नं. ४ रानिरतुवा लगायतको विभिन्न स्थानमा ८ विगहा क्षेत्रमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको हो। 

महोत्तरी जिल्लााका प्रमुख जिल्ला अधिकारीसहित प्रदेश नं. २ छिन्नानमस्ता बाहिनीका बाहिनीपति, नम्बर ९ गणका सहायक प्रहरी उपरीक्षक, नेपाल प्रहरीका प्रहरी उपरीक्षक लगायतको प्रहरी टोलीले गाँजा फँडानी तथा बरामद गरी नष्ट गरेको डीआईजी मगरले जानकारी दिए।

यस्तै, आइतबार सर्लाहीको  लालबन्दी नगरपालिकामा १४ कामिटारमा ३ विगहा क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरेको सशस्त्र प्रहरी जनाएको छ।

नम्बर १० गणबाट सहायक प्रहरी नायव उपरीक्षक दिपेन्द्र थापाको नेतृत्वमा ४० जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक सुरेश ठाकुरको नेतृत्वमा २४ जनाको संयुक्त टोलीले गाँजा फडानी तथा बरामद गरी नष्ट गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .