कारोबार


अमेरिकी प्रविधिको ‘बबक्याट बी ७६०’ ब्याक्हो लोडर अब नेपालमा

अमेरिकी प्रविधिको ‘बबक्याट बी ७६०’ ब्याक्हो लोडर अब नेपालमा

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १६:२६, काठमाडौँ

हेवी इक्युप्मेन्ट ‘बबक्याट’ काे ​नेपालका लागि आधिकारिक बिक्रेता  इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले ‘बबक्याट बी ७६०’  ब्याक्हो लोडर नेपाली बजारमा सार्वजनिक गरेको छ। 

साथै बिक्री वितरणका लागि बुकिङ पनि खुला गरिएको कम्पनीले जनाएको छ। 

उक्त मेसिन एशियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरि नेपाल लगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्री वितरणको लागि तयार पारिएको हो। 

‘बबक्याट बी ७६०’ लाई नेपालका तराई, पहाड र हिमाल तिनै भूभागमा पूर्व परीक्षण गरी सार्वजनिक गरिएको कम्पनीको भनाई छ। 

कम्पनीका अनुसार उक्त मेसिनमा रहेको हिटिङ प्रविधी परीक्षणका लागि नेपालको माथिल्लो मुस्ताङ (४००० अल्टिट्युड उचाई)मा परीक्षण गर्दा मेसिन सहजै सुचारू भएको थियो।

अमेरिकी प्रविधीबाट निर्मित ‘बी ७६०’ मा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएको छ जसले ९४ हर्स पावरको शक्ति प्रदान गर्छ। उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिङ शक्ति समेत रहेकोले कार्य सम्पादनमा द्रुतता र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबी समेत कम्पनीले गरेको छ।

यसमा रहेको विशेष  कुलिङ सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुनेछ साथै यसको १६ डिग्री असिलेसन एंगलले असमान भूभागमा पनि सहजै काम गर्न मद्दत पुग्नेछ र लामो आर्मका कारण अधिक  गहिराइ सम्म खन्न सहज हुने कम्पनीले जनाएको छ।

७४ वर्षको सफल इतिहास बोकेको बबक्याटले झन्डै १०० भन्दा बढी मुलुकमा आफ्ना ९०० भन्दा बढी डिलर्स मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ। हाल सञ्चालनमा रहेका हेवी कम्प्याक्ट इक्युप्मेन्टहरु मध्ये संख्यात्मक रूपले हेर्दा  विश्वभर बबक्याट नं. १ मा रहेको कम्पनीले दाबी गरेको  छ।

हाल  नेपालका काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, नेपालगञ्ज, पोखरा, वीरगञ्ज र इटहरी लगायत विभिन्न मुख्य शहरहरुमा रहेका शाखा कार्यालयबाट ‘बबक्याट बी ७६०’ को  बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad