नेकपा (एमाले) कञ्चनपुरको नयाँ नेतृत्व चयन प्रक्रिया निर्वाचनमा धकेलिएको छ।
अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व छान्न प्रक्रिया थालिएको हो।
निर्वाचन समितिले चुनावको कार्यतालिका निकालेको छ। प्रमुख निर्वाचन अधिकृत हिक्मत बहादुर चन्दका अनुसार सोमबार दिउँसो २ बजेदेखि निर्वाचन गर्ने तयारी भएको छ।
एमाले कञ्चनपुरको अध्यक्षका लागि वर्तमान अध्यक्ष वीरबहादुर थापा (पातल), भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र वेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले आकांक्षा देखाएका छन्।
पुस २५, २०७८, आइतबार
प्रतिक्रिया