अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले भन्सार एजेन्टको लागि लिनलागेको लिखित परीक्षा स्थगित गरेको छ।
विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै यही माघ २९ देखि सञ्चालन गर्ने गरी तोकिएको परीक्षा कोरोना प्रकोप बढेकोले स्थगित गर्नुपरेको बताएको छ।
विभागले २०७७ चैत १६ गते सूचना निकाली भन्सार नियमावली २०६४ को नियम ३७ (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रको लागि दरखास्त आह्वान गरिएको थियो। लोकसेवा र त्रिभुवन विश्वविद्यालयका परीक्षा समेत स्थगित गरिएको कारण देखाउँदै उक्त परीक्षा रोक्नुपरेको विभागको भनाइ छ।
हाललाई स्थगित भएको परीक्षा परिस्थिति सहज भएपछि नयाँ मितिमा गरिने विभागले जनाएको छ।
33
Shares
प्रतिक्रिया