सेयरबजार १४ अंकले बढेको छ। नेप्से उक्त अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको हो।
बुधबार ४ अर्ब १६ करोडको कारोबार भएको छ। ८४ लाख बढी कित्ता बिक्रीमा यो परिमाणमा कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १९५ वटा सेयरको मूल्य बढ्दा ६० वटाको घटेको र १९ वटाको स्थिर छ।
आज सेयरहरु ९.२० प्रतिशतसम्म बढ्दा ७.३२ प्रतिशतसम्म घटेका छन्। बुधबार ४४ करोडसम्मको अधिकतम कारोबार भएको नेप्सेले जनाएको छ।
आज लगानी समूह घटे पनि बाँकी हरियो छन्।
15
Shares

प्रतिक्रिया