नेपाल वायुसेवा निगमबाट हङकङ उडान गर्नेले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आरटी पीसीआर गर्नुपर्ने भएको छ।
निगमको जहाजमार्फत २५ जनवरीमा हङकङ प्रस्थान गर्नुपर्नेलाई आइतबार परीक्षण गर्ने व्यवस्था गरिएको हो।
मंगलबारको उडानको लागि आइतबार १२ बजेदेखि ३ बजेसम्म परीक्षणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।
परीक्षणपछि रिपोर्ट सोमबार आउनेछ।
हङकङ उडानको लागि टेकुबाट नेगेटिभ रिपोर्ट र प्रयोगशालाले उपलब्ध गराउने व्यक्तिगत कभर लेटेर लिनुपर्ने निगमले जनाएको छ।
5.2k
Shares
प्रतिक्रिया