ad ad

कारोबार


नवीकरण नगर्दा इन्टरनेट सेवा प्रदायक रोयल नेटवर्क खारेजीमा

नवीकरण नगर्दा इन्टरनेट सेवा प्रदायक रोयल नेटवर्क खारेजीमा

नेपालखबर
बैशाख २७, २०७९ मंगलबार ११:२७, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक रोयल नेटवर्क प्रालिलाई खारेज गरेको छ।

रोयल नेटवर्क प्रा.लिले नवीकरणका लागि निवेदन नदिएकाले अनुमतिपत्र खारेज गरिएको हो। 

कम्पनीले इन्टरनेट सेवा सञ्चालन गरेबापत नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामीण दूरसञ्चार कोषबापतको दस्तुर बुझाउन आग्रह गरेको छ। 

‘नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेकाले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको’ सूचना प्रकाशित गरेको छ। 

कम्पनीलाई आफ्नो वित्तीय विवरण अविलम्ब बुझाउन भन्दै नभए बक्यौता रकम कानुनअनुसार असुलउपर गरिने प्राधिकरणले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .